अर्थ

शुक्रबार पनि घट्यो सुनको मूल्य

शुक्रबार पनि घट्यो सुनको मूल्य

काठमाडौं : बिहीबार एक हजारले घटेको सुनको मूल्य सातको अन्तिम दिन पनि घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार दुई सयले घटेर प्रतितोला ७० हजार ८ सय रुपैयाँ मूल्यमा कारोबार भइरहेको छ।

बिहीबार नेपाली बजारमा प्रतितोला ७१ हजारमा सुनको कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य पनि घटेको छ। शुक्रबार प्रति तोला तेजावी सुनको मूल्य ७० हजार ५ सय कामय भएको महासंघले जनाएको छ।

शुक्रबार चाँदीको मूल्य पनि ५ रुपैयाँ घटेको छ। बिहीबार ८ सय ६५ मा कारोबार भएको प्रतितोला चाँदी शुक्रबार ८ सय ६० रुपैयाँ प्रतितोला कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा घटेका कारण नेपाली बजारमा पनि कमी आएको महासंघको भनाइ छ। अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १५ सय अमेरिकी डलरमा झरेको छ। केही दिनअघि मात्रै सुनको मूल्य प्रति औंस १५२५ अमेरिकी डलरको नजिक थियो।

सुनको मूल्य