मनोरञ्जन

'रातो टीका निधारमा' आजबाट, के दर्शकले रुचाउलान त साम्राज्ञीको गाउँले रूप?

'रातो टीका निधारमा' आजबाट, के दर्शकले रुचाउलान त साम्राज्ञीको गाउँले रूप?

काठमाडौँ । फ्राईडे रिलिज अन्तर्गत आज अर्थात् शुक्रवारदेखि चलचित्र 'रातो टीका निधार' मा प्रदर्शनमा आएको छ। अशोक शर्माको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रले दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त रहेको छ।  

बैदेशिक रोजगारीको कथा भन्ने यस चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह र अंकित शर्मा मुख्य भूमिकामा रहेका छन।  

कुनै बेला गाउँले भूमिकामा चलचित्र नगर्ने भनेर आलोचना खेपेकी साम्राज्ञी स्वयं यस चलचित्रमा गाउँले भूमिकामा देखिएकाले पनि  दर्शकका लागि उनको काम र चलचित्र फरक हुन सक्छ।  

चलचित्रमा साम्राज्ञी र अंकितका अलावा वसुन्धरा भुसाल, नीता ढुंगाना, खुश्वु खड्का, कलाकार बुद्धि तामाङलगायत कलाकारहरूको प्रमुख भूमिका रहेको छ।