समाचार अर्थ बैंकिङ

कृषि विकास बैंक ह्याक प्रकरणमा थप ३ नेपाली पक्राउ, मूख्य योजनाकार फरार

कृषि विकास बैंक ह्याक प्रकरणमा थप ३ नेपाली पक्राउ, मूख्य योजनाकार फरार

काठमाडौं - कृषि विकास बैंकको सिस्टम ह्याक प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार पक्राउ पर्नेमा महेन्द्र भट्ट, मालतीदेवी न्यौपाने भट्टराई र गणेश बस्याल रहेको छन्। 

उनले भने,‘भट्टको महेन्द्रनगरस्थित कृषि विकास बैंकको शाखाको खातामा ४५ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको छ। त्यस्तै पर्वतकी मालतीदेवी न्यौपानेको खातामा २४ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको छ।’

साही प्रमाणको आधारमा उनीहरुलाई पक्राउृ गरिएको उनले बताए। हिजो बिहीबार पनि प्रहरीले स्याङ्जाका रामकृष्ण भुसाललाई पक्राउ गरेको थियो। उनी प्रतीक्षा निर्माण सेवाको प्रोपाइटर हुन्। उनी पनि बैंक ह्याक प्रकरणका नेपाली एजेन्ट भएको प्रहरीले जनाएको छ। योसँगै बैंक ह्याक प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ। अपराध महाशाखाको टोलीले यसअघि पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गरेको थियो। 

घटनामा संलग्न भनिएका मुख्य अभियुक्त अफ्रिकन मुलका काले भनिने पिटर भने फरार छन्। उनकै योजनामा बैंक ह्याक गरेर व्यक्तिको खातामा रकम ट्रान्सफर गरिएको प्रहरीले जनाएको छ।