मनोरञ्जन

सोनिका रोकायले भेटिन कपिललाई, लिइन् अन्तर्वार्ता

सोनिका रोकायले भेटिन कपिललाई, लिइन् अन्तर्वार्ता

काठमाडौं : नेपालकी कार्यक्रम प्रस्तोता सोनिका रोकायले भारतीय चर्चित कार्यक्रम प्रस्तोता तथा कमेडियन कपिल शर्मालाई भेटेकी छन्। नेपालमा 'वाउ नेपाल' युट्युब च्यानलमार्फत कार्यक्रम सञ्चालन गरेर चर्चामा आएकी उनले 'द कपिल शर्मा शो'का होस्ट कपिललाई भेटेकी हुन्।

उनले कपिललाई भेटेर अन्तर्वार्तासमेत लिन भ्याएकी छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा कपिल शर्मासँगको तस्वीर शेयर गर्दै उनीसँगको अन्तर्वार्ता छिट्टै सम्प्रेशण गर्ने जनाएकी छन्। उनले आफ्नो व्यक्तिगत च्यानल 'द शोनिका शो'का लागि चर्चित कमेडियन कपिलसँग 'एक्सक्लुसिभ' अन्तर्वार्ता लिएको उल्लेख गरेकी छन्।

यसअघि उनले पूर्वयुवरारज पारस शाहलाई भेटेर खिचेको तस्वीर कारण चर्चामा आएकी थिइन्। यसपटक कपिलसँग अन्तर्वार्ता लिनका लागि मुम्बइ पुगेका कारण चर्चामा छिन्।

 

 

‘दी कपिल शर्मा शो’ कपिल शर्मा सोनिका रोकाय