विदेश

इन्डोनेसियामा ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प !

इन्डोनेसियामा ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प !

आम्बोंन , इन्डोनेसियाको दुर्गम मालुकु द्वीपमा बिहीबार ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भुकम्पमा परि हालसम्म एक जनाको मृत्यु भएको र केहि घाइते भएको बताईएको छ।  

भुकम्पको धक्का शक्तिशाली भएको भएता पनि सुनामी आउने सम्भावना भने नरहेको इन्डोनेसियाली भूकम्प मापन केन्द्रले जनाएको छ । 

करिब चार लाख मानिसको बसोबास रहेको आम्बोन शहरमा घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।

भूकम्पको केन्द्र विन्दु आम्बोन शहरबाट करिब ३७ किलोमिटर उत्तरतर्फ रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ।  

ठुलो धक्का कारण सानातिना परकम्पहरु गईरहेको छ।