खेल

पोखरामा सागको तयारी तिब्र !

पोखरामा सागको तयारी तिब्र  !

पोखरा , दक्षिण यसियाली खेलकुद( साग ) को तयारी पोखरामा तिब्र रुपमा अगाडी बढेको छ।  मंसिर १५ देखि सुरु हुने प्रतियोगीताका २७ खेलमध्ये ७ खेल पोखरामा हुने छन् ।  

हाल भौतिक पूर्वाधार निर्माणको काम ६० प्रतिशतले सम्पन्न भएको छ।  प्यारपिट र ग्राउन्ड स्ट्यान्डका लागि भारतबाट सामान मगाइएको पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिश ताम्राकारले जानकारी दिएका छन।   

साग खेलमध्ये पोखरामा महिला फुटबल, ह्यान्डबल, प्याराग्लाइडिङ, ट्रयाथलन, आर्चरी, भारत्तोलन र भलिबल प्रतियोगीता हुनेछ ।  क्रिकेट भने नहुने भन्ने बारेमा टुंगो नभएको ताम्राकारलले जनाएका छन।