खेल

ओसासुनालाई हराउँदै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा !

ओसासुनालाई हराउँदै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा !


 असोज ९ ओसासुनालाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुगेको छ।


बुधाबार राति भएको खेलमा ओसासुनालाई २-० गोल अन्तरले पराजित गर्दै मड्रिड शीर्ष स्थानमा पुगेको हो।

रियल मड्रिडको जितमा भिनिसियस जुनियर तथा सिल्भा डि गोएसले गोल गरेका थिए।


भिनिसियसले खेलको ३६ औं मिनेटमा गोल गरेका हुन् भने सिल्भाले ७२ औं मिनेटमा गोल गरेका हुन्।

घरेलु मैदानमा जितपछि शीर्ष स्थानमा पुगेको रियल मड्रिडले ६ खेलबाट १४ अंक जोडेको छ ।

यस्तै समान खेल खेलेको एथ्लेटिको मड्रिड १३ अंकसहित लिगको दोश्रो स्थानमा रहेको छ।