अपराध सुरक्षा

नक्कली लाइसेन्स बनाउने २ जना पक्राउ

नक्कली लाइसेन्स बनाउने २ जना पक्राउ

वीरगञ्ज । नक्कली सवारी चालक अनुमतिपत्र बनाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पर्साको वीरगन्ज नगरपालिका–११ का ५१ वर्षीय मोहनलाल राउत कुर्मी र ४२ वर्षीय घनश्याम भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले बाराको कोल्हवी नगरपालिका–४ का २१ वर्षीय रमेश चौधरीलाई नक्कली सवारी चालक अनुमतिपत्र बनाइदिएका थिए। पक्राउ परेका व्यक्तिको साथबाट नक्कली सवारी चालक अनुमति पत्र बनाउन प्रयोग गरिएका कागजात फेला परेको छ। यसबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।