अर्थ शेयर

साताको अन्तिम दिन पनि कस्ताे रह्याे शेयर बजार ?

साताको अन्तिम दिन पनि कस्ताे रह्याे शेयर बजार ?

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन पनि शेयर बजारमा गिरावट आयो । सेयर बजार मापक नेप्से बिहीबार १.७३ अंकले घटेको छ। विहीबार सबैभन्दा बढी निर्जीवन बिमा कम्पनी समूहको उपसूचक घटेको छ। उक्त समूहको उपसूचक १३.६३ अंकले घटन पुग्यो। ७५ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको बैंक समूहको उपसूचक १.७५ अंकले घटेको छ।

होटल, जलविद्युत, म्यूचुअल फन्ड र जीवन बिमा कम्पनी समूहको उपसूचक भने बढ्न पुग्यो।

कारोबार रकम २१ करोड २५ लाख रुपैयाँ बराबरको भएको छ। विहीबार माछापुच्छे« बैंकको सेयर सबैभन्दा बढी १ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो बढी रकमको सेयरको कारोबार सानिमा बैंकको भएको छ। उक्त बैंकको १ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। तेस्रो बढी सेयर कारोबार हुने प्रभु बैंकको सेयर रहेको छ। उक्त बैंकको १ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।