व्यापार

४० पर्यटकीय क्षेत्र पहिचान गरेर प्रचार–प्रसार !

४० पर्यटकीय क्षेत्र पहिचान गरेर प्रचार–प्रसार !

सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० को पूर्व तयारीका लागि विशेष अभियान प्रदेश–२ मा सुरु भएको छ ।
प्रदेश–२ अन्तर्गतका ८ जिल्लाका ४० पर्यटन आकर्षण क्षेत्र घोषणा गरेको भ्रमण वर्ष–२०२०, प्रदेश–२ ले त्यसका लागि अभियान सुरु गरेको हो । तीन महिनापछि सुरु हुन लागेको भ्रमण वर्षलाई लक्षित गरी मंगलबारदेखि प्रदेश–२ को जनकपुरबाट सुरु भएको अभियानको शुभारम्भ प्रदेशका पर्यटनमन्त्री रामनरेश यादवले गरेका थिए ।

प्रदेश–२ का पर्यटकीय सम्भाव्यता बोकेका क्षेत्रहरूको प्रचार–प्रसारसहित अभियान सुरु गरिएको भ्रमण वर्ष–२०२०, प्रदेश–२ का संयोजक मनिष झाले जानकारी दिए । “भ्रमण वर्ष–२०२० लाई सफल बनाउनका लागि प्रदेश–२ मा जनकपुरबाट अभियान सुरु भएको छ

अभियानअन्तर्गत (बुधबार) र बिहीबार लाहान, असोज १० र ११ गते वीरगन्जका साथै विश्व पर्यटन दिवसको अवसरमा सिमरा विमानस्थलको सरसफाइका साथै १० गते जनकपुरमा पर्यटकहरूसँग गर्ने व्यवहारबारे जनकपुरमा ट्याफु चालकसँग छलफल कार्यक्रमको आयोजना गर्न लागिएको छ । मंगलबार जनकपुरमा बजारीकरण र ब्रान्डिङबारे तालिम आयोजना गरेको प्रदेश–२ को भ्रमण वर्ष समितिले लाहानमा संस्कृतिको प्रवद्र्धन तथा वीरगन्जमा प्याकेज डिजाइनबारे कार्यक्रम आयोजना गर्न लागेको छ ।
प्रदेश–२ भ्रमण वर्ष–२०२० ले बारा, धनुषा, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, सप्तरी, सर्लाही र सिरहाका ४० पर्यटकीय क्षेत्र छनोट गरेर यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गरिरहेको छ । समितिका अनुसार, बाराका चुरियामाईस्थान, कनकलिनी मन्दिर, महागढीमाई, पर्सा राष्ट्रिय निकुन्ज र रानीवास, धनुषाको जानकी मन्दिर, मिथिला आर्ट, विवाह मण्डप, जनकपुर रेलवे स्टेसन र गंगासागरलाई पर्यटकीय क्षेत्रको रुपमा छनोट गरिएको छ ।
त्यसैगरी महोत्तरीको जलेश्वरनाथ महादेव, लक्ष्मी नारायण मन्दिर, पञ्चधुरा माईस्थान, रौजा मजार र तुप्तेश्वर नाथ मन्दिर, पर्साका दूधेश्वर महादेव, गढीवारा, पारसनाथ मन्दिर, शंकराचार्य गेट र सूर्य गंगा आरती तथा रौतहटको बराह ताल, निजानन्द धाम, नुन्थर बागमती, पशुपतिनाथ र सहिदपार्क छनोट गरिएको छ ।
त्यसैगरी सप्तरीको चिन्नामस्थ भगवती, कनकलिनी मन्दिर, कोसी टप्पु, लोहजारा ताल र राजदेवी मन्दिर, सर्लाहीको चमेलीमाई, हरिहार्क क्षेत्र, नाँधी ताल, राधाकृष्ण मन्दिर र सागरनाथ वन तथा सिरहाको बाबा ताल, किङ शैलेश, पाकादिया गढ, राजदेवी पञ्चावती तथा शैलेश फूलबारी पर्यटकीय क्षेत्रका लागि छनोट भइसकेका छन् ।

यो समाचार आजको करोवार दैनिकमा छापिएको छ् । 

विशेष

ADVERTISEMENT