समाचार व्यापार

नक्सालमा सुजुकीको विश्वस्तरीय ३७ औं आउटलेट

नक्सालमा सुजुकीको विश्वस्तरीय ३७ औं आउटलेट

काठमाडौं – काठमाडौंको नक्सालमा आधिकारिक रुपमा सुजुकी शोरुमको शुभारम्भ गरेको छ । सीजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सीजी होल्डिङ्स तथा सुजुकी फोर ह्विलर्स नेपालले आधिकारिक रुपमा सुजुकी शोरुमको शुभारम्भ गरेको हो।

सुजुकी मोटर कर्पोरेसन जापानका प्रबन्ध अधिकारी किन्जी साइतो तथा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले संयुक्त रूपमा उक्त सोरुमको उदघाटन गरेका हुन्।

सञ्चालनमा आएको सोरुम ४ हजार ५५४ स्क्वायर फिट क्षेत्रफलमा फैलिएको प्रबन्ध निर्देशक चौधरीले बताए। उनका अनुसार यस सोरुममा अत्याधुनिक ग्राहक लाउन्ज, मिटिङ एरिया, एक्सचेन्ज सुविधा तथा फाइनान्स सुविधा समेत रहेको छ।

अन्तर्राष्ट्रिय सुजुकी ब्रान्डको निर्देशन अनुरुप निर्माण गरिएको यस सोरुममा सहजै आवतजावत गर्न, अवलोकन गर्न सकिन्छ । यस सोरुममा हालै बजारमा ल्याएका स्मार्ट हाइब्रिड गाडीका रेन्जहरू एसक्रस, सियाज, अर्टिगा आदि उपलब्ध छन् । ग्राहक एवं कम्पनीबीचको सम्बन्धलाई अझै मजबुत बनाउने उद्देश्यसहित शुभारम्भ गरिएको यो सुजुकीको ३७ औं आउटलेट हो । यहाँबाट सेल्स, सर्भिस र स्पेयर पार्ट्स सम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिएको छ ।

ग्राहकवर्गको सहजताको लागि यस शोरुमले उत्कृष्ट सेवा प्रदान गर्ने सीजी मोटोकर्पका विजिनेस शाखा प्रमुख सिरज पन्तले बताए ।

ग्राहकको सन्तुष्टिलाई नै आफ्नो प्रमुख ध्येयको रूपमा लिँदै आएको सीजी मोटोकर्पले स्थापना गरेको नक्सालस्थित आउटलेटमा उपलब्ध भएका अत्याधुनिक सुविधाहरूले सेल्स सम्बन्धी चरणको एक नयाँ अध्याय स्थापना गर्ने विश्वास लिइएको कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले बताए।

नेपालमा सुजुकीको ३७ स्थानमा सेल्स आउटलेटहरू, ३९ स्थानमा सर्भिस सेन्टरहरू तथा ३५० भन्दा बढी प्रमाणीकृत पार्टस् आउटलेटहरू रहेका छन् । यी स्थानहरूबाट हालै बजारमा उपलब्ध भएका स्मार्ट हाइब्रिड रेन्जलगायत वृहत उत्पादनहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ

विशेष