खेल

साफ यू–१८ च्याम्पियनसिप : डिफेन्डिङ च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरियो

साफ यू–१८ च्याम्पियनसिप : डिफेन्डिङ च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौँ — साविक विजेता तथा घरेलु टोली नेपाल साफ यू-१८ च्याम्पियन्सिपको समुह चरणबाटै बाहिरिएको छ । अघिल्ला दुवै संस्करणमा च्याम्पियन भएको नेपाली युवा टिम हलचोकमा भइरहेको साफ यू–१८ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको हो।

भुटान र माल्दिभ्सले मंगलबार गोलरहित खेल्दै सेमिफाइनल यात्रा तय गरेपछि नेपालले इतिहासकै सबभन्दा खराब नतिजा बेहोरेको हो ।

६ देश सहभागी रहेको प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा माल्दिभ्सविरुद्ध १–१ को बराबरी गरेको थियो। त्यसपछि भुटानविरुद्ध ३-० को लज्जास्पद हार बेहोर्‍यो। त्यसैले मंगलबार भुटान र माल्दिभ्सले बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो।

समूह ‘ए’ को अन्तिम खेलमा मंगलबार भुटान र माल्दिभ्स गोलरहित बराबरी खेलेपछि नेपालको अघिल्लो चरणको संभावना सकिएको हो । नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा भुटानसँग ३-० ले पराजित भएपछि अघिल्लो चरणको संभावना कठिन बनेको थियो ।

भुटानले माल्दिभ्सलाई ४ गोल भन्दा बढीको अन्तरले पराजित गरेको खण्डमा नेपाल सेमिफाइनलमा पुग्ने झिनो अंक गणितीय समिकरण बनेको थियो । नेपाल बाहिरिदा भुटान समुह विजेता र माल्दिभ्स उप विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छन् ।

समुह बी बाट बंगलदेश सेमिफाइनलमा पुगि सकेको छ । दोस्रो खेलमा उपाधिको दाबेदार भारतलाई गोलरहित बराबरीमा रोकेपछि बंगलादेश सेमिफाइनलमा पुगेको हो ।

बुधबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुने छ । भारत विजयी भए वा बराबरीमा रोकिएपनि सेमिफाइनलमा पुग्ने छ । श्रीलंकालाई सेमिफाइनलमा पुग्न भारतलाई हराउनु पर्ने हुन्छ ।