समाचार

कक्षा ११ को नतिजा भोलि प्रकाशित गर्ने तयारी

कक्षा ११ को नतिजा भोलि प्रकाशित गर्ने तयारी

काठमाडौँ - कक्षा ११ को नतिजा मंगलबार सार्वजनिक गर्ने गरी तयारी पूरा भएको छ । गत बैशाख २९ गते देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा भोलि प्रकाशित गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। नतिजा प्रकाशन तयारीका लागि सोमबार बोर्डको बैठक बसेको थियो।

बैठकमा नतिजा प्रकाशन तयारीबारे छलफल भएको हो। बैठकमा बसेका बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशन गर्न मंगलबार बिहान बैठक बोलाइएको छ।

 ‘तयारीमा कुनै प्राविधिक त्रुटी नभए भोलि बिहान बैठक हुन्छ र बेलुकासम्मनतिजा प्रकाशित हुन्छ,’ उनले भने। ११ कक्षामा मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका विद्यार्थी परीक्षामा सम्मिलित थिए। १ हजार १ सय ७ केन्द्रमा परीक्षा भएको थियो। परीक्षामा ५ लाख ८ हजार परीक्षार्थी सहभागी थिए।