समाचार

भेरी नदीले बगाएर एकको मृत्यु, पहिरोले ६ घर विस्थापित

भेरी नदीले बगाएर एकको मृत्यु, पहिरोले ६ घर विस्थापित

जाजरकोट : जाजरकोटमा भेरी नदीले बगाएर एक जनाको मृत्यु भएको छ । नदीले बगाइ ल्याएको दाउरा निकाल्न गएका जाजरकोटको भेरी नगरपालिका १ कालेगाउँका ५३ बर्षिय मनबहादुर बोहराको मृत्यु भएको हो । बोहराको शब ३५ किलोमिटर टाढा छेडाचौर बगरमा फेला परेको जाजरकोट प्रहरीले जनाएको छ ।

पहिरोले ६ घर विस्थापित

यसैबीच लगातारको बर्षापछि पहिरो जादा जाजरकोटको नलगाड नगरपालिका ३ का ६ घरपरिवार विस्थापित भएका छन । छेप्का कैना सडकको कारण पहिरो जादा लुहारखेतका दलबहादुर पुन, भुमिलाल पुन, लक्ष्मी प्रसाद शर्मा, मुकुन्द शर्माको घर पहिरोको उच्च जोखिममा परेपछि उनीहरु घर छोरेर आफन्तको घरमा बसेको लक्ष्मीप्रसाद शर्माले बताए ।

'घर तल पहिरो जादै छ, घरमा माथिबाट जमिन चिराचिरा परेर धाँजा फाटेको छ', शर्माले भने । त्यसैगरी बाँगेदाराका डम्बर थापा, ललित थापाको घर पहिरो जोखिमा परेपछि थापा परिवार घरछोडेर विस्थापित भएका छन ।

उता सानाबन गाउँका ३० घरपरिवार पहिरोले क्षेती गरेको जोखिम पुर्ण स्थानमा बस्दै आएका छन । यहाँका स्थानीयको अन्य स्थानमा घर नहुदा पहिरो प्रभावित क्षेत्रमा बस्नु परेको स्थानीय डम्बर बुढाले बताउनु भयो । स्थानीय सरकारले पहिरो पिडित परिवारलाई व्यवास्था गरेको उनीहरुको गुनासो छ ।

बाढी