समाचार

पैसाको लोभमा यस्ताे काम गरेपछि भारतीय नागरिक परे प्रहरीको फन्दामा

पैसाको लोभमा यस्ताे काम गरेपछि भारतीय नागरिक परे प्रहरीको फन्दामा

जनकपुरधाम -पैसाको लोभमा एक भारतीय नागरिक प्रहरीको फन्दामा परेका छन्। चाड पर्वको अवसरमा पैसाको लोभमा कालोबजारी गर्ने भारत विहार राज्यका सीतामढी बेसौल बस्ने ७० वर्षीय रामदेव साह प्रहरीको फन्दामा परेका हुन्। त्यस्तै अन्य तीनजना भने फरार रहेको छन्।

धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले फरार रहेका ४२ वर्षिय वृज किशोर झा, ४० वर्षीय रतन साह र ३५ वर्षीय बुधन साहको खोजी भइरहेको छ।

चाड पर्वको मौका छोपी बासमती चामल हेराएर कमसल चामल दिई रहेको तथा तौलमा समेत झुक्याईरहेको सूचना पश्चात जिल्ला प्रहरीबाट खटेको प्रहरीको टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नं‍. ४ स्थित कटैया चौरीबाट कमसल तथा कम तौल गरी बिक्री वितरण गरिरहेको अवस्थामा साहलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक कार्कीले जनाएका छन्।

पक्राउ परेको साहमाथि कालो बजारी मुद्दामा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको र फरार रहेको तिनै जनाको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ।