समाचार

भारतमा संविधान दिवसको दिन ‘कालो दिवस’

भारतमा संविधान दिवसको दिन ‘कालो दिवस’

नयाँदिल्ली - भारतमा केही नेपाली विद्यार्थीहरुले  विधान दिवसको दिन ‘कालो दिवस’ मनाएका छन् । भारतस्थित नेपाली राजदूतावासले संविधान दिवस मनाइरहँदा नयाँदिल्ली, जन्तरमन्तर भन्न्े स्थानमा   विधान दिवसको दिन ‘कालो दिवस’ मनाइएको हो ।

नेपाली विद्यार्थीहरुले संविधान दिवसलाई ‘कालो दिन’को संज्ञा दिँदै विरोध गर्नुका साथै नेपाल सरकारविरुद्ध नाराबाजी लगाएका थिए।

उनीहरुले कालो ब्यानरमा संविधान विरोधी नारा लेखी प्ले कार्डसमेत बोकेका थिए। विरोध कार्यक्रममा राष्ट्रिय विद्यार्थी संघ भारतका विद्यार्थीहरुको सक्रिय सहभागिता थियो ।

दिल्लीमा अध्ययनरत विद्यार्थीसहित राष्ट्रिय जनता पार्टीका नेताहरु समेत विरोधसभामा आइपुगेका थिए । कार्यक्रममा नेपालबाटै राजपाका केन्द्रीय सदस्य र जिल्ला सदस्यहरु समेत सहभागी थिए ।

विशेष