समाचार

सिमेन्टको पिल्लरमा ठोक्कियो मोटरसाइकल, दुई जनाको मृत्यु

सिमेन्टको पिल्लरमा ठोक्कियो मोटरसाइकल, दुई जनाको मृत्यु

बुटवल – दाङको घोराहीमा भएको मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ  ।  दूरी देखाउन बनाइएको सिमेन्टको पिल्लरमा मोटरसाइकल ठोकिन गई दुर्घटना भएको प्रहरीले जनाएको छ।

घोराही उपमहमानगरपालिका वडा नं. ९ गुकाली डाँडाँमा रा ४ प ७८९३ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँ निवासी २५ बर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी २५ बर्षीय दिपक विकको मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए ।

उनका अनुसार तुलसीपुर बाट घोराहीतर्फ जादै गरेको उक्त मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते विक दुबै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।