समाचार

'द्वन्द्वपीडितका लागि विशेष प्याकेज बनाउँदैछौँ'

'द्वन्द्वपीडितका लागि विशेष प्याकेज बनाउँदैछौँ'

बुटवल - प्रदेश नं ५ को सरकारले द्वन्द्वपीडितका लागि विशेष प्याकेज बनाएर कार्यान्वयन गर्ने तयारी गरिरहेको छ। उक्त प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीले द्वन्द्वपीडितका लागि प्रदेश सरकारले विशेष प्याकेज बनाएर कार्यान्वयन गर्ने तयारीमा जुटेको स्पष्ट पारे। 

उनले भने,‘द्वन्द्वपीडितको समस्या समाधानका लागि राजनीतिक हिसाबले महत्व दिएर सरकार अघि बढेको छ, निश्चित रुपमा चाडै नै ठोस निकास निस्कने छ।’ एड्भोकेसी फोरम नेपालले आज बुटवलमा आयोजना गरेको ‘जबर्जस्ती बेपत्ता पीडितको अधिकारसम्बन्धी कानूनी प्रावधान र सरोकारवालाको भूमिका’ विषयक प्रदेशस्तरीय परामर्श बैठकमा मन्त्री केसीले द्वन्द्व प्रभावितले लोकतन्त्र र सङ्घीय संरचनामा पु¥याएको योगदानको कदर गर्दै न्यायपूर्ण तरिकाले टुङ्गोमा पु¥याउन सरकार लागिपरेको धारणा राखे ।

उनले २०५२ फागुनदेखि २०६३ मा शान्ति सहमति हुने समयसम्मको १२ वटै जिल्लामा सर्वेक्षण गरी द्वन्द्व प्रभावितको यथार्थ तथ्याङ्क निकालेर कार्यक्रम तय गर्ने बताए । “प्रदेश सरकारले गत वर्षदेखि सशस्त्र द्वन्द्वका क्रममा घाइते र अपाङ्गता भएकाको निःशुल्क उपचार गरिरहेको छ, यो वर्ष करीब दुई हजार आश्रित परिवारलाई सीपमूलक तालीम दिएर दक्ष बनाउने तयारी गरेका छौँ”, उनले भने ।

मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले शान्ति प्रक्रिया टुङ्गिएको लामो भइसकेकाले अब द्वन्द्वपीडित परिवारका समस्या निरुपण गर्नुपर्ने बताए।
त्यस्तै प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले स्वतन्त्ररुपले बाँच्न पाउने नागरिकको अधिकारको  सम्मान गर्दै द्वन्द्वपीडितको मुद्दालाई सरकारले सम्बोधन गर्ने बताए । 

 

विशेष