स्वास्थ्य

शिक्षक र विद्यार्थीलाई भाइरल ज्वरोले समातेपछि विद्यालय बन्द

शिक्षक र विद्यार्थीलाई भाइरल ज्वरोले समातेपछि विद्यालय बन्द

काठमाडौँ । जाजरकोटको नलगाड नगरपालिका– ८ मङ्सिरीस्थित हिमालय प्राथमिक विद्यालय बन्द भएको छ । भाइरलका ज्वरोले शिक्षक र विद्यार्थी विरामी भएपछि विद्यालय बन्द भएको हो । सबै विद्यार्थी र स्थानीयवासी तीन दिनदेखि विरामी छन् ।

तीन दिनदेखि विद्यालय बन्द भए पनि स्वास्थ्य संस्था नजिक नभएका कारण उपचारमा समस्या भएको प्रधानाध्यापक कमल बोहाराले बताए । नलगाड नगरपालिकाको स्वास्थ्य संस्थादेखि पाँच घण्टाको पैदल दूरीमा रहेको सो ठाउँ हिमालमा पर्दछ ।