विचार

अफगानिस्तानमा विष्फोट : २० जना मारिए

अफगानिस्तानमा विष्फोट : २० जना मारिए

एजेन्सी । अफगानिस्तानको जाबुल प्रदेशमा आज (बिहीबार) बिहान भएको आत्मघाती विस्फोटमा कम्तीमा २० जना मारिएका छन् । जाबुल प्रदेशको कलात शहरमा भएको विस्फोटमा परी अन्य ९० जना घाइते भएका छन् । 

त्यहाँका प्रादेशिक परिषद्का प्रमुख अट्टा जान हकबयानले कलात शहरस्थित राष्ट्रिय सुरक्षा विभाग (नेसनल सेक्युरीटि डिपार्टमेन्ट) को भवनमा पनि क्षति भएको जनाएका छन् । तालिवानी लडाकुले आत्मघाती विस्फोट गराएको स्थानीय अधिकारीले जनाएका छन् । तालिवानले सेप्टेम्बर महिनाको अन्त्यतिर हुने राष्ट्रपतीय चुनावविरुद्ध हिंसा तीव्र पार्ने चेतावनी दिँदै आएको छ ।

अफगानिस्तानमा आउँदो सेप्टेम्बर २८ तारेखमा राष्ट्रपतीय निर्वाचन हुँदैछ । वर्तमान राष्ट्रपति असरफ घानीले आफ्नो दोस्रो कार्यकालका लागि पुनः चुनावमा उठ्नेछन् ।