खेल

फिफा वरियतामा नेपाल पाँच स्थान सुधार, दक्षिण एशियामा तेस्रो 

फिफा वरियतामा नेपाल पाँच स्थान सुधार, दक्षिण एशियामा तेस्रो 

काठमाडौँ । फिफा वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्व निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले ५ पाँच स्थान सुधार गरेको हो । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो ।

यसअघि नेपाल १६६औँ स्थानमा थियो । विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छ । दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत १०४ औँ स्थानमा छ भने माल्दिभ्स १५३ औँ स्थानमा छ ।