भिडियो राजनीति

देउवाले सदनमा दिए यस्तो चेतावनी (भिडियोसहित)

देउवाले सदनमा दिए यस्तो चेतावनी (भिडियोसहित)

काठमाडौँ । प्रतिनिधि सभाको चालु अधिवेशनको अन्तिम दिन सदनमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्को अधिवेशनमा रोष्ट्रम बन्द गर्ने चेतावनी दिएका छन् । संघीय संसदमा सम्बोधनका क्रममा देउवाले सरकारले सरकारी कर्मचारी र सुरक्षा निकायलाई पार्टी कार्यकर्ताजस्तो बनाएको आरोप लगाए । साथै यस्ता गतिविधि जारी राखे धेरै दिन संसद बन्द हुने उनले चेतावनी दिए ।

सरकारी कर्मचारी कुनै पनि पार्टीको कार्यकर्ता बन्ने र बनाउने कार्य अक्षम्य अपराध रहेको भन्दै उनले जनताले तिरेको ट्याक्सबाट तलब खाने, कुनै पार्टीको कार्यकर्ताजस्तो हुने कुनै हालतमा हुन नसक्ने बताए । यस्तो रहे धेरै दिनसम्म रोष्ट्र बन्द गर्ने उनको चेतावनी छ । उनले शान्तिपूर्ण रुपमा भेला हुँदा बाँकेमा कांग्रेस नेताकार्यकर्तामाथि आक्रमण भएको भन्दै उनले उनीहरुलाई कारबाही गराउन पनि संसद अवरुद्ध गर्न पर्नु दुःखद रहेको बताए ।

जनताको जीउधनको सुरक्षा गर्नुपर्ने सरकार आफैंले राज्य आतंक सृजना गर्न खोजेको उनको आरोप छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति पृथकिकरण तथा शक्ति सन्तुलनको संवैधानिक व्यवस्था विपरित सरकारले न्यायपालिकामाथि हस्तक्षेप गर्ने र व्यवस्थापिका संसदलाई खेलौना बनाउने काम गरेको देउवाको आरोप थियो ।

प्रधानमन्त्रीले भ्रष्टाचारमा शुन्य सहनशीलताको नारा लगाएपनि नेपालको इतिहासमैँ सबैभन्दा भ्रष्टाचार भएको उनले जिकिर गरे । जनताको सूचनाको मौलिक हकमाथि बन्देज लगाउन चाहेको उनको आरोप छ । कांग्रेस बाँके सभापतिमाथि भएको आक्रमणको घटनालाई लिँदै उनले भने–‘‘के यसैका लागि लडेको हो हामीहरु ? यही हो लोकतन्त्र ? ’’ 

संविधानले पूर्ण स्वतन्त्रताको ग्यारेण्टी गरेपनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । राजनीतिक आस्थाका आधारमा व्यवहार गर्ने गरिएको उनको आरोप छ ।  देउवाको सम्बोधन जस्ताको तस्तै :