अर्थ शेयर

अर्थमन्त्रीले भने : शेयरबजारमा लगानी बढाउनुस् 

अर्थमन्त्रीले भने : शेयरबजारमा लगानी बढाउनुस् 

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई आव्हान गरेका छन् । कर्मचारी संचयकोषको ५८ औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक गतिविधिलाई बढाउन सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई सचेत गराए ।

उनले मुलुकको आर्थिक गतिविधि बढेको, बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदर पनि बढेको तथा राजनीतिक स्थायित्व पनि कायम भएकाले सेयर बजारमा लगानी बढाउन अति अनुकूल समय रहेको बताए ।

अर्थमन्त्री खतिवडाले मुद्रा बजारलाई उत्तेजित बनाउने काम नगर्न पनि वित्तिय संस्थाहरुलाई निर्देशन दिए । उनले पूँजी बजारमा लगानी बढाउन सरकारले आवश्यक वातावरण बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।