Breaking News अर्थ

सुनको मुल्य स्थिर

सुनको मुल्य स्थिर

काठमाडौँ । पछिल्ला केही दिनदेखि निकै उतारचढाव देखिएको सुनको मुल्य मंगलबार भने स्थिर छ । सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुन मंगलबार पनि उही मुल्यमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मुल्य भने मंगलबार तोलामा ८६५ मा कारोबार भैरहेको छ ।