खेल

नेपाली टोली कुवेत प्रस्थान

नेपाली टोली कुवेत प्रस्थान

काठमाडौँ । फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ को छनोट खेल्न नेपाली राष्टिको दोस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आइतबार कुवेत प्रस्थान गरेको छ । भदौ १९ गते कुवेतविरुद्ध खेल्ने नेपाली टोली आइतबार विहानै कुवेत प्रस्थान गरेको हो ।

नेपालभन्दा तुलनात्मक रुपमा बलियो रहेको कुवेतसँगको खेलमा नेपालले कम्तिमा पनि अंक खोस्ने लक्ष्यसहित कुवेत उडेको हो । नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेमजोङले गर्नेछन् । नियमित कप्तान विराज महर्जन टोलीमा नहुँदा यसअघिका उपकप्तान चेमजोङले नेतृत्व गर्नेछन् ।

त्यस्तै, नेपाली टोली कुवेतबाट चाइनीज ताइपेइविरुद्धको खेलका लागि ताइवान जानेछ । नेपालले ताइपेइसँग भदौ २४ गते खेल्नेछ ।