स्वास्थ्य

उद्देश्य राख्नुहोस् जीवन नै परिवर्तन हुन्छ

उद्देश्य राख्नुहोस् जीवन नै परिवर्तन हुन्छ

व्यक्तित्व विकास हामीले आफ्नो जीवनमा धेरै गल्ती गरेका हुन्छौं। ती गल्तीलाई मनमा लिएर बस्ने होइन त्यसबाट पाठ सिकेर अगाडि बढ्नु उपयुक्त हुन्छ।

आफूले चाहेको काम गर्ने आफ्नो इच्छाअनुसारको काम गरियो भने त्यो कामबाट कहिल्यै दिक्क भइँदैन। आफ्नो इच्छा के मा छ, के गर्दा ठीक हुन्छ, के मा आफ्नो दक्षता छ, त्यसैमा काम गर्नु राम्रो हुन्छ। सम्बन्ध बढाउनुस्, प्रेम गर्नुस्, आफ्नो स्वभाव मिल्ने साथी भयो भने तपाईंलाई रमाइलो लाग्छ।

स्वभावअनुसार कसैलाई धेरै साथी भएको मन पर्छ। कसैलाई कम तर साथी बनाउन कन्जुसाइँ भने नगर्नुस्। आत्मविश्वासी बन्नुस् हर कुरामा आत्मविश्वास हुन जरुरी छ। आत्मविश्वास कम भयो भने जे काम गर्दा पनि निर्णय दिन सकिन्न।

झुक्काउने, छल्ने काम कहिल्यै नगर्नुस्, यसो गरियो भने तपाईंप्रति विश्वास गर्दैनन्। अरूले विश्सास गरेनन् भने जे काम गर्दा पनि अप्ठ्यारो पर्न जान्छ। इमानदारिता नै सफलताको कडी हो भन्ने कुरा कहिल्यै बिर्सनुहुँदैन।

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।