प्रतिपक्षी दलका नेतासँग छलफल 

प्रतिपक्षी दलका नेतासँग छलफल 

काठमाडौँ । सदनमा अवरोध, नागरिकता विधेयकमा विवादपछि प्रमुख दलका शीर्ष नेताले गतिरोध हटाउनेबारे छलफल गरेका छन् । प्रमुख दलका शीर्ष नेता पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे छलफल गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काङ्ग्रेसका शीर्ष नेताहरुबीच पछिल्ला राजनीतिक घटनाका विषयमा छलफल भएको हो । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा  छलफल भएको हो ।

झण्डै दुई घण्टा चलेको बैठकमा बाँके घटना, नागरिकता विधेयकलगायतका विषयमा छलफल भएको थियो। बैठकमा नेपाली काङ्ग्रेस बाँके सभापति किरण कोइरालामाथि भएको आक्रमण र नागरिकता विधेयकमा संविधानका धारा ६ मा  उल्लेख भए अनुसार जानुपर्ने विषयमा छलफल गरिएको कंग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

संम्बधित खबर