इतिहासमा आज

इतिहासमा आजः अमेरिकामा आँधी, २६ को मृत्यु 

इतिहासमा आजः अमेरिकामा आँधी, २६ को मृत्यु 

सन् १९३५ सेप्टेम्बर १५ मा अमेरिकाको फ्लोरिडामा आएको आँधीका कारण २६ जनाको मृत्यु भएको थियो । विनाशकारी आँधिका कारण १ हजार ६ सय ३२ घर नष्ट भए । ५ हजार ३ सय ७२ घरमा क्षति पुग्यो । रिचमण्ड नभल एअर स्टेसनमा राखिएका विमानहरु समेत जलेर नष्ट भए । करिब ६० मिलियन अमेरिकी डलर बराबरको क्षति सो आँधिले गरेको थियो ।