खेल

ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम निर्वाचित

ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम निर्वाचित

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ फेरि निर्वाचित भएका छन् । आज भएको मतदानमा जीवनराम ७ मतले विजयी भए ।

उनले १७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरे । जीवनराम र उमेशलालवीच अघिल्लो कार्यकालमा पनि प्रतिस्पर्धा हुँदा जीवनराम नै विजयी भएका थिए । योसँगै जीवनराम ओलम्पिक कमिटीमा २ कार्यकाल निर्वाचित भएका छन् ।

जीवनरामकै प्यानलबाट महाचिवमा निलेन्द्रराज श्रेष्ठ पनि निर्वाचित भए । पाँच जना उपाध्यक्षमा ज्योती राणा २६ मत सहित विजयी हुँदा चतुरानन्द राजबैद्यले २२, तेजबहादुर गुरुङले २०, सुनिल कुमार श्रेष्ठले १८ तथा अशोकरत्न बज्राचार्यले १५ मत ल्याएर विजयी भएका छन् ।