विदेश

भारत र चीनका सेनाबीच सिमा क्षेत्रमा झडप

भारत र चीनका सेनाबीच सिमा क्षेत्रमा झडप

एजेन्सी । भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा झडप भएको छ । भारतीय पत्रिका टाइम्स अफ इण्डियाका अनुसार भारतीय र चिनियाँ सैनिक लद्धाखको सीमा क्षेत्रमा झडपमा उत्रिएका हुन् ।

पत्रिकाका अनुसार हिजो पूर्वी लद्धाखमा भारतीय सेना गस्तीमा गएका बेला चीनका सेनासँग धेरै बेरसम्म धकलाधकेल र मुक्कामुक्की भएको थियो ।

चिनियाँ सेनाले यस क्षेत्रमा भारतीय सेनाको उपस्थितिको विरोध गरेपछि दुवै पक्षबीच मुक्कामुक्की शुरु भएको हो । घटनापछि दुवै देशले सैनिक संख्या बढाएका थिए । तनावपछि भारत र चीन उच्च सैनिक तहमा कुराकानी भएको बताइएको छ ।

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।