हाम्रो पात्रो विज्ञापन
समाचार

गहना चाेरले महिलाको आँखा फुटाएर हत्या गरे

गहना चाेरले महिलाको आँखा फुटाएर हत्या गरे

नवलपरासी । नवलपरासीको गैंडाकोटमा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी महिलाको गरगहना लुटिएर हत्या भएको प्रहरीले जनाएको छ ।
घरमा एक्लै बस्दै आएकी गैंडाकोट १५ मनकामना टोलका ७० वर्षीया ज्येष्ठ नागरिक भुमादेवी खत्री आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन ।
उनको मंगलबार राति मृत्यु भएको भएपनि प्रहरीले बुधबार विहान मात्र मुचुल्का उठाएको थियो ।

उनको शव भान्छा कोठाको भाडा माझ्ने स्थानमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनको कान, टाउको र अनुहारमा चोट लागेको छ । धारियो हतियार प्रहार नगरेको भएपनि उनलाई गहना लुट्ने क्रममा कुटपिट गरेर हत्या गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

उनको शरिरमा भएको गहना चोरी भएको प्रहरीले अनुमान गरेपनि के कति चोरी भएको खुलेको छैन । उनको तीन छोरा जापान र अष्ट्रेलियामा बस्दै आएका र उनी घर एक्लै बस्दै आएकी थिइन् ।

प्रहरीलाई मंगलबार राति वडा अध्यक्षले खबर गरेर घर जाँदा खत्री मृत अवस्थामा भेटिएकी थिइन । वडाअध्यक्षलाई स्थानीयले खबर गरेका थिए ।
उनको आँखा फुटेको, टाउको, कान अनुहारबाट रगत बगेको घटनास्थलमा पुगेका प्रहरीले जनाएका छन् । घटनामा सम्लग्न रहेको आशंकामा खोटाङको खिचापोखरी घर भई हाल गैडाकोट १५ बेल्डियामा बस्दै आएका ३६ बर्षीय अर्जुन खड्कालाई पक्राउ गरेको छ ।

गहना चोर
ADVERTISEMENT