समाचार

असोज ५ देखि अग्रिम बुकिङ

असोज ५ देखि अग्रिम बुकिङ

काठमाडौँ । दशैँ लक्षित गर्दै टाढाको यात्राका लागि यातायात व्यवस्था विभागले असोज ५ गतेदेखि काठमाडौँमा अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ । यातायात व्यवस्था विभागमा विहीबार बसेको विभागका अधिकारी, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यस पटकको दशैंमा नयाँ यातायात भने थपिएको छैन । दशै– तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जानकारी दिएको छ ।