व्यापार

किर्तिपुरमा व्यापारी आन्दोलित, दशैँ मेलाको विरोधमा बजार बन्द

किर्तिपुरमा व्यापारी आन्दोलित, दशैँ मेलाको विरोधमा बजार बन्द

काठमाडौँ । नेपालीहरुको महानपर्व दशैँले दैलोमा पाइला टेक्नै लाग्दा किनमेल चहल पहल बढेको छ । तर किर्तिपुरमा भने व्यापारीहरु दशैँ मेलाको विरोध गर्दै प्रदर्शनमा उत्रिएका छन् ।

दशैंका लागि कीर्तिपुर नयाँबजारस्थित गेट नजिकैको फुटबल मैदानमा विभिन्न स्टल राखेर व्यापार हुने भएपछि आफूहरूलाई नोक्सान पुग्ने भन्दै कीर्तिपुरका व्यापारीहरु आन्दोलित भएका हुन् ।

मेलामा उपभोग्य सामान सस्तोमा बेचिँदा ग्राहक त्यतै जाने भएपछि व्यापारीले मेला बन्द गर्न माग गरेर प्रदर्शन सुरु गरेका छन् । मेला बन्द नगरे स्टलहरू भत्काउने चेतावनी उनीहरुको छ ।