समाज

तीन दिनको बैठकपछि मलेशिया नेपाली कामदार लैजान सहमत

तीन दिनको बैठकपछि मलेशिया नेपाली कामदार लैजान सहमत

काठमाडौँ । नेपाल र मलेसियाका अधिकारीबीच मलेसिया रोजगार खुल्ला गर्ने सहमति भएको छ । लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारीको बाटो तीन दिन लामो बैठकपछि खुलेको हो । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार तत्कालका लागि भने पुरानै प्रक्रियाबाट आइतबारबाटै नेपाली कामदार मलेसिया जान पाउनेछन् ।

दुई देश बिचको प्राविधिक कमिटिले  मलेसिया स्थित पुत्राजयमा लामो छलफल गर्दै दश बुँदे सहमति जुटाएको हो । नयाँ कामदार लाने तयारी बुझ्न मलेशियाको एक विशेष टोली नोभेम्बरको पहिलो साता काठमाडौं आउने भएको छ ।

टोलीले स्वास्थ्य परीक्षणका लागि स्वीकृत भएका २२ संस्थानको अनुगमन गरेपछि मात्र बायोम्याटि«क सफ्टवेयर जडान हुनेछ । त्यसपछि नयाँ कामदार मलेसिया जाने प्रक्रिया सुरु हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ०७५ जेठ ३ देखि मलेसियामा नेपाली युवा पठाउन रोक लगाएको थियो ।