राजनीति

ओली र नेपालबीच १९ दिनदेखि बोलचाल नै बन्द

ओली र नेपालबीच १९ दिनदेखि बोलचाल नै बन्द

काठमाडौं : प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच १९ दिनदेखि संवाद नै बन्द भएको छ । स्वास्थ्योपचारका लागि ओली सिंगापुर जानुअघि ५ भदौमा बालुवाटारमा बसेको बैठक दुई नेताबीचकै भनाभनमा टुंगिएयता भेटघाट तथा छलफल भएको छैन ।

दुई साताको उपचारपछि स्वदेश फर्किएको चार दिनसम्म पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटघाट भएको छैन । शुक्रबार फर्किएका ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने चारपटक भेटवार्ता गरिसकेका छन् । सचिवालयका अरू नेताले पनि ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे चासो राख्दै शुभकामना व्यक्त गरेका छन् ।

५ भदौको बैठकमा आफूले दिएको स्वास्थ्यलाभको कामना ओलीले फिर्ता गरेको भन्दै अहिलेसम्म पनि नेपालले असहज महसुस गरेका छन् । सो बैठकमा ओलीले नेपालबाट स्वास्थ्यलाभको शुभकामनासमेत नलिँदा तिक्तता बढेपछि प्रचण्ड, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेलले बीचैमा हस्तक्षेप गरेका थिए । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो।

केपी शर्मा ओली माधवकुमार नेपाल