समाचार राजनीति

नेकपा प्रदेश-२ का अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलमाथि हातपात

नेकपा प्रदेश-२ का अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलमाथि  हातपात

सत्तारुढ नेकपाको प्रदेश–२ का अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलमाथि आफ्नै पार्टीका कार्यकर्ताले हातपात गरेका छन्। सप्तरी र सिरहाको जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहणका लागि महोत्तरीको बर्दिबासमा मंगलबार आयोजित कार्यक्रममै उनीहरुमाथि हातपात भएको हो।

जिल्लामा कार्यकर्ताको विरोधले शपथ  ग्रहण हुन नसक्ने अवस्था आएपछि बर्दिबास–१ को कभर्ड हलमा कार्यक्रम आयोजना गरिएको थियो।  जिल्ला कमिटी गठनमा असन्तुष्ट रहेको पक्षले शपथ ग्रहण कार्यक्रममै गएर हातपात गरेको हो। शपथ  ग्रहण रोक्न आग्रह गर्दा अध्यक्ष साह र सचिव प्याकुरेलले बेवास्ता गर्दै कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएपछि उनीहरुमाथि हातपात भएको हो। 

प्रहरीको लाठीचार्जका क्रममा प्रदेश सदस्य देवनाथ यादव घाइते भएका छन्। असन्तुष्ट कार्यकर्ताले कार्यक्रम स्थलमा कुर्सी तोडफोड गर्दै नाराबाजी गरेका थिए ।