खेल

विश्कप छनोटमा ताइपेइमाथि नेपालको शानदार जित, अञ्जनको दुई गोल

विश्कप छनोटमा ताइपेइमाथि नेपालको शानदार जित, अञ्जनको दुई गोल

सन् २०२२ मा हुने विश्वकप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताईपेईविरुद्ध उत्कृष्ट जित निकालेको छ ।

मंगलबार ताईपेई स्टेडियममा भएको खेलमा नेपालले ताईपेईलाई २-० गोल अन्तरले पराजित गरेको हो । नेपाललाई जित दिलाउन अन्जन विष्टले दुई गोल गरे । खेलको तेस्रो मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप एक गोल गर्यो । अन्जनले खेलको ६३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई जित दिलाए ।

नेपाल छनोट चरणको पहिलो खेलमा केवेतसँग ७-० गोल अन्तरले पराजित भएको थियो । आजको जितसँगै नेपाल दुई खेलबाट तीन अंक जोड्दै समूह ‘बी’ तेस्रो स्थानमा उक्लेको छ ।

जित निकालेसँगै विश्वकप छनोटमा आफ्नो सम्भावना बलियो बनाएको छ ।