राजनीति

सरकारविरुद्ध आन्दोलनमा जाने देउवाको चेतावनी

सरकारविरुद्ध आन्दोलनमा जाने देउवाको चेतावनी

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइको वर्तमान सरकारले मुलुकलाई कम्युनिस्ट राज्य बनाउन खोजेको आरोप लगाएका छन् ।

मंगलबार विराटनगरमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले लोकतान्त्रिक गणतन्त्रको अभ्यासलाई समाप्त गरी कम्युनिस्ट शासन प्रणालीको उदय गराउन सरकार उद्यत रहेको जिकिर गरे ।

कम्युनिस्ट सरकार खराब नभएपनि उसले ल्याउन चाहेको कम्युनिस्ट शासन व्यवस्था भने ठीक नभएको देउवाको भनाइ थियो । उनले सरकारले लोकतन्त्र मास्ने गतिविधिलाई तत्काल नसच्याए आफूहरु सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनीसमेत दिए ।