समाचार प्रदेश ६

कर्णाली प्रदेशमा मन्त्रीकै वडाका महिलाहरु सुत्केरी बेथाले मरिरहेका छन् 

कर्णाली प्रदेशमा मन्त्रीकै वडाका महिलाहरु सुत्केरी बेथाले मरिरहेका छन् 

वीरेन्द्रनगर । डोल्पाको त्रिपुरासुन्दरी नपा–१ की २२ वर्षीया रुपकुमारी बोहोरा सुत्केरी हुन नसक्दा बुधबार अकालमै ज्यान गुमाइन् । सुत्केरी बेथा लागेपछि उपचारका लागि नेपालगन्ज लगिए पनि सफल उपचारको अभावमा उनको मृत्यु भएको थियो । 

चिकित्साकका अनुसरा उनको पेटमा बच्चा उल्टो बसेको थियो । त्यस्ै साउन १२ गते कालीकोटको नरहरिनाथ गाउँपालिका–४ रुप्साकी ३० वर्षीया देवी सहकारीको पनि सुत्केरी हुने क्रममा अत्यधिक रक्तश्रावका कारण मृत्यु भयो । 

यसैगरी साउन १५ गते हुम्लाको सर्केगाड –४ स्थिति स्वास्थ्य चौकीमा सुत्केही गराउन आएकी सोही वडाकको सायाँ गाउँकी २० वर्षीय अनरुपा टमटाले पनि अकालमै जीवन गुमाउनु पर्यो । 

उनी कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलकै वडाकी बासिन्दा हुन् । 

सुत्केरी हुने क्रममा अकालमा ज्यान गुमाउने यी महिलाहरु प्रतिनिधि पात्र मात्रै हुन् । 
नागरिक दैनिकबाट