मनोरञ्जन

सिन्दुरमा खुलेकी राखी 

सिन्दुरमा खुलेकी राखी 

नखरावाली बलिउड सेलिब्रेटी राखी सावन्त सुटुक्कको विहेपछि बेग्लै गेटअपमा देखिएकी छन् । आफ्नो प्रशंसक रितेशसंग भर्खरै विवाह बन्धनमा बाँधिएकी राखीले केही फोटो सार्वजनिक गरेकी छन् । फोटोको पृष्ठभूमिले भन्छ– यी तस्वीर होटलमा खिचिएका हुन् । सिउँदोमा सिन्दुर र चुरामा पतिको नाम लेखेको चुरा लगाएकी राखीका अरु पोजका तस्वीर पनि छन् । तर नाम भने कालो पोतेर मेटिएको छ । यी तस्वीरसंगै उनले लेखेकी छन्– ‘विश्वास मान्नुस् म एकदम खुशी छु । यसका लागि म भगवान र प्रशंसकहरुसंग कृतज्ञ छु ।’ तर उनले आफूले विवाह नगरेको स्पष्टीकरण समेत दिएकी छन् । तर अरु यो मान्न तयार छैनन् ।

  
 

राखी सावन्त