समाचार राजनीति

जम्मु कश्मिर भारतको आन्तरिक मामिला : कांग्रेस

जम्मु कश्मिर भारतको आन्तरिक मामिला : कांग्रेस


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जम्मु कश्मिरको घटना भारतको आन्तरिक मामिला भएको भन्दै कुनै टिप्पणी नगर्ने जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विहिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कश्मिर घटनाबाट नेपालमा पर्नसक्ने सुरक्षा चासोबारे भने सरकारले नै धारणा बनाउनुपर्ने बताउनुभयो । 


पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले निजामती सेवामा ट्रेड युनियन अधिकार प्रतिबन्धित गर्ने विधेयककाविरुद्ध कांग्रेस उभिने र संविधानले प्रत्याभूत गरेको अधिकारविपरीत सम्झौता नगर्ने बताउनुभयो । सत्तारुढ दल नेकपाको प्रतिवेदनमा कांग्रेसलाई हेर्ने दृष्टिकोणमा ‘दृष्टिदोष’ रहेको पनि बताउनुभयो ।