राजनीति

सदनमा सांसद्को प्रश्न : एसि किन चलेन ?

सदनमा सांसद्को प्रश्न : एसि किन चलेन ?

काठमाडौँ । सांसद्हरुले प्रतिनिधिसभा बैठकमा संसद भवनको एसी नचलेकोप्रति सभामुखको ध्यानाकर्षण गराएका छन् । बिहीबारको संसद बैठकको शुन्य समयमा सांसद्म सुजाता परियारले प्रतिनिधिसभा बैठक कक्षको एअर कण्डिसन बिग्रिएको भन्दै मर्मतका लागि निर्देशन दिन सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो –‘‘ सभामुख ज्यू, सुनिन्छ एसिमा पानी छैन । पानी सकिएर एसि नचलेको हो ? सचिवालयबाट लिएको भाडाले के पानी किन्न नसकेको हो ? पानी पेट्रोल भन्दा महंगो भएको हो ? ३ दिन सम्म पनि एसी बनाउन नसक्नु सरासर लापरवाही हो । त्यसैले सभामुखमार्फत तत्काल सम्बन्धित निकायलाई निर्देशन होस् भनी अनुरोध गर्न चाहन्छु । ’’

बैठकको शुन्य समयमा बोल्ने अन्य सांसदहरुले समसामयिक विषयमा सरकार तथा सदनको ध्यानकर्षण गराएका थिए ।