विदेश

जम्मु कश्मिरबारे राष्ट्रसंघबाट चासो व्यक्त

जम्मु कश्मिरबारे राष्ट्रसंघबाट चासो व्यक्त


काठमाडौँ । भारत सरकारले जम्मु कश्मीर राज्यबारे चालेको पछिल्लो कदमप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ । राष्ट्रसंघका प्रवक्ता एन्टेनियो ग्वेटर्ससले एक भिडियो सन्देश जारी गर्दै भारत नियन्त्रित कश्मीरमा मानव अधिकारको अवस्थाप्रति चिन्ता जनाएको हो ।

 

सञ्चार सेवा बन्द गरिएको, राजनीतिक दलका नेतालाई पक्राउ गरिएको, राजनीतिक भेलामाथि निषेध गरिएको जस्ता विषयप्रति ध्यानाकर्षण भएको राष्ट्रसंघले जनाएको छ । भारतको केन्द्र सरकारले कश्मीरमा पछिल्लो कदम चाल्नुपूर्व गत आइतबारदेखि नै स्थानीय नेताहरु नजरबन्दमा राख्नुका साथै फोन र इन्टरनेट सेवासमेत बन्द गरिदिएको छ । सुरक्षाका लागि भन्दै ठूलो संख्या सुरक्षाकर्मी परिचालन गरिएको छ ।


राष्ट्रसंघका प्रवक्ताले कश्मीरको मानव अधिकारको अवस्थाबारे जुलाई ८, २०१९ मा सार्वजनिक गरेको प्रतिवेदनमा सञ्चारमाथिको नियन्त्रण, राजनीतिक दलका नेतामाथि धरपकड, गैरन्यायिक हत्या लगायतका विषय स्मरण गराउँदै पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको प्रष्ट गरेको छ ।