अर्थ

सुनको मुल्यमा ऐतिहासिक रेकर्ड, एक दिन १५ सयले बढ्यो मुल्य

सुनको मुल्यमा ऐतिहासिक रेकर्ड, एक दिन १५ सयले बढ्यो मुल्य


काठमाडौँ । सुनको मुल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । आज सुनको मुल्य एक हजार ५०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम राखेको हो । 


आइतबार ६६ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको छापावाला सुनको मूल्य सोमबार तोलामै एक हजार ५०० रुपैयाँले बढ्यो । 


नेपाल सुनचाँदी महासंघको अनुसार सोमबार छापावाला सुन प्रतितोला ६७ हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने तेजावी सुन ६७ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको हो।