स्वास्थ्य

यसरी हुन्छ ‘हिप फ्याक्चर’को उपचार

यसरी हुन्छ ‘हिप फ्याक्चर’को उपचार

डा. रञ्जितकुमार साह, अर्थोपेडिक सर्जन । 
–हिप फ्याक्चरको उपचार एकदमै जटिल हुने गर्छ । त्यसैले, दुर्घटनामा पर्नेबित्तिकै सबैभन्दा पहिला टाउको, छाती र पेटमा चोटपटक लागे–नलागेको यकिन गर्नुपर्छ । यदि, शरीरका अन्य भागमा चोटपटक लागेमा उपचारमा सजगता अपनाउन जरुरी हुन्छ ।

 

–हिप फ्याक्चरको उपचार शल्यक्रियाबाट मात्र सम्भव हुन्छ । जति छोटो समयमा शल्यक्रिया गर्न सक्यो त्यति नै प्रभावकारी हुन्छ । शल्यक्रिया गर्दा ज्यान नै जोखिममा पर्ने स्थिति आए मात्र अन्य विधि अपनाइन्छ, जुन एकदम थोरैमा मात्र लागू हुन्छ । 

 

–भाँच्चिएको हड्डीलाई जोड्न मद्दत पुर्याउन नहल्लिने गरी एक ठाउँमा जोडिन्छ । यद्यपि, हड्डीको अवस्था, चोटको प्रकृति र उमेरअनुसार यो फरक हुने गर्छ । शल्यक्रियाको माध्यमबाट स्क्रु, रड र प्लेटको प्रयोग गरिन्छ ।


–कतिपय अवस्थामा वयस्क तथा बुढाबुढीमा भने हड्डी आफैँ नजोडिने अवस्था हुन्छ । यस्तोमा जोर्नी प्रत्यारोपण गर्नुपर्ने हुन्छ । यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

हिप फ्याक्चर डा. रञ्जितकुमार साह