मनोरञ्जन

टुट्यो घरबार 

टुट्यो घरबार 

बलिउड एक्ट्रेस दीया मिर्जाले ११ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याएकी छन् । पति साहिल सांघा र दीयाले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गरेर विधिवत छुट्टिएको घोषणा गरेका हुन् । आपसी सहमतिमा यो निर्णय लिइएको दीयाले उल्लेख गरेकी छन् । 

उनले सामाजिक सञ्जालमा लेखेकी छन्– ‘एघार वर्ष संगै रहेर जिन्दगीका हरेक चीज बाँडचुँड गरेपछि हामी एकअर्कासंग अलग रहने निधोमा पुगेका छौं । यो हामी दुवैको सहमतिमा लिइएको निर्णय हो । हामी साथी भइसकेका छौं र आगामी दिनमा पनि यो भूमिका प्यार र सम्मानसाथ निभाउने छौं । हुनसक्छ अब जिन्दगीले हामीलाई अलग अलग बाटोतर्फ डोर्याउने छ ।’
 

दीया मिर्जा साहिल सांघा