मनोरञ्जन कला साहित्य

११ वर्ष कान्छा अर्जुन कपुरसँग अहिले विवाह नगर्ने, 'डेट'मै रमाउने 

११ वर्ष कान्छा अर्जुन कपुरसँग अहिले विवाह नगर्ने, 'डेट'मै रमाउने 

एजेन्सी । आफूभन्दा ११ वर्ष कान्छा अर्जुन कपुरसँग प्रेम बन्धनमा रहेकी भारतीय अभिनेतृ एवं आइटम डान्सरले तत्काल बिहेको मुडमा नरहेको बताएकी छिन् । 

उनले आफ्नो पूर्वपतितर्फको छोरा हुर्काउन र आफ्नो व्यवसायमा व्यस्त रहेकोले तत्काल अर्जुन कपुरसँग विवाह नगर्ने बताएकी हुन् । एक टेलिभिजनसँगको कुराकानीका क्रममा उनले सिनेमामै काम गर्न रुची रहेको पनि उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्, ‘म अहिले जुन अवस्थामा छु, खुसी छु ।  विगततिर फर्केर हेर्न जरुरी छैन । धेरैलाई लाग्न सक्छ कि विवाह टुटेपछि खुसी सकियो । तर त्यस्तो केही पनि होइन । खुसी त मस्तिष्कको एक अवस्था हो ।’

मलाइकाका प्रेमी अर्जुन कपुर फिल्म अभिनेता तथा निर्माता बोनी कपुरका पुत्र हुन् । श्रीदेवी उनकी सौतेनी आमा थिइन् । मलाइका ४५ वर्षकी भइन्, अर्जुन ३४ वर्षीय हुन् ।