विदेश Breaking News

अमेरिका : टेक्सास आक्रमण लगत्तै ओहायोमा पनि बन्दुक आक्रमण, ९ जना मारिए

अमेरिका :  टेक्सास आक्रमण लगत्तै ओहायोमा पनि बन्दुक आक्रमण, ९ जना मारिए

अमेरिकाको ओहायो राज्यको प्रहरीका अनुसार ओरेगनमा भएको बन्दुक आक्रमणमा नौ जनाको मृत्यु भएको र कम्तीमा १६ जना घाइते भएका छन्।

ओरेगनको डेटनस्थित एउटा मदिरालयबाहिर भएको उक्त घटनाबारे पहिलो विवरण स्थानीय समयानुसार १:०० बजे (नेपाली समयानुसार बिहान १०:४५ बजे) प्राप्त भएको थियो।

आक्रमणकारी प्रहरी कारबाहीमा मारिएको प्रहरीले पुष्टि गरकेो छ। घटनामा हताहत भएकाहरूलाई स्थानीय अस्पलातमा लगिएको छ। टेक्सस राज्यको एल पासोमा २० जनाको ज्यान जानेगरी बन्दुक आक्रमण भएको २४ घण्टाभित्रै ओहायो राज्यमा पनि उस्तै प्रकृतिको यो घटना भएको छ।

डेटन प्रहरीले गोली चल्न थालेको केही बेरमै सुरक्षाबल त्यहाँ पुगेर सो घटनालाई तत्कालै अन्त्य गरिएको दाबी गरेको छ। सरकारी निकायले प्रत्यक्षदर्शीहरूलाई घटनाबारे जानकारी दिन आह्वान गरेको छ।Presentational white space

सहायक प्रहरी प्रमुख म्याट कार्बरले गस्तीमा रहेको टोलीले आक्रमणकारीलाई निस्तेज पारेको संवाददाताहरूलाई बताए। 

"यस्तो परिस्थितिका लागि हाम्रा सहकर्मीहरूले राम्रो तालिम पाएका छन्," उनले भने,"संयोगवश हाम्रा सहकर्मीहरू नजिकै थिए।"

आक्रमणकारीबारे केही थाहा नभए पनि कार्परका अनुसार आक्रमण गर्नुको उद्देश्य पत्ता लगाउन प्रहरीले खोजिरहेको छ।