राजनीति

पर्यटनमन्त्री भट्टराईको कांग्रेस सभापति देउवासँग भेटवार्ता

पर्यटनमन्त्री भट्टराईको कांग्रेस सभापति देउवासँग भेटवार्ता

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटेका छन्। मन्त्री भट्टराईले कांगेस सभाभपि देउवा निवास बूढानीलकण्ठमा पुगेर भेटघाट गरेका हुन्।

भेटका क्रममा आफूले सम्हालेको मन्त्रालयका तर्फबाट भइरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराए सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।

'मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव दिनु भएको छ' उनले लेखेका छन्' त्यसका लागि म उहाँलाई हार्दिक ध्यानवाद ज्ञापन गर्दछु।'


योगेश भट्टराई शेरबहादुर देउवा