विदेश

ट्‍विटर मालिककै ट्‍विटर एकाउन्ट ह्‍याक

ट्‍विटर मालिककै ट्‍विटर एकाउन्ट ह्‍याक

ट्वीटरका मालिक ज्याक डोर्सेकै ट्वीटर एकाउन्ट ह्याक भएको छ। उनको एकाउन्टबाट जातीय द्वेष फैलाउने किसिमका ट्वीट भएका छन्।

जसबाट सामाजिक हिंसा भड्काउनसक्ने स्टाटस उनका फलोअर्समाझ सम्प्रेषण भएका हुन्। तीमध्ये एउटा ट्वीटले नाजी शासक एडोल्फ हिटलर निर्दोष भएको दावी गरेको थियो।

यस्तै अफ्रिकन–अमेरिकन र ज्युजहरुविरुद्ध पनि रंगभेदी ट्वीट ज्याकको ट्वीटर एकाउन्टबाट सार्वजनिक भएको थियो। साथै ट्वीटर मुख्यालयमै बम राखिएको समेत ट्वीट भएको थियो।

सान फ्रान्सिस्कोस्थित ट्वीटरको ‘कम्युनिकेशन टीम’ले उक्त एकाउन्ट कसरी ह्याक भयो भन्ने बारे अनुसन्धान गरिरहेको जनाएको छ। तर पछिल्लो ट्वीटबाट भने उक्त ट्वीटर एकाउन्ट सुरक्षित भएको सूचना आएको थियो। एजेन्सी।

ट्‍विटर